भोलिमा रुमल्लिएको आज देखिन मैले,
मान्छे खोज्न कहाँ जाऊँ आफैंभित्र भेटिन मैले
तिम्रो अगाडि आफ्नो मुटु फेरी फेरी रेटिन मैले,
मायाको भुंग्रोमा विश्वासको झिल्को भेटिन मैले
आस्थाको बाढीमा भक्तिको थोपा पाइन मैले,
सबैको संगीतमा आफ्नो कथा कहिले गाइन मैले
जिन्दगीलाई बुझ्नै सकिन मैले,
कति सोधुँ ? फेरि सोधिन मैले
http://www.abiskar.blogspot.com
