मेरो बस्तीमा भर्सेलीबाट तिज उफ्रेर
पार्टी पौवा र बजारका गल्ली गल्लीहरूमा भेटियो
आमा भाउजू दिदी बहिनीको सामिप्यतामा
त्यो फुलेर ढकमक्क भएको देखियो
अलिक पर्तिर तिज फैलिएर
गहनाहरूमा सजिएर भारी त्यो काँधमा
निक्कैनै सकसमा तिज बाँचेको देखियो
सारीको पारि हातले उचालेर हिड्ने गारो हुने गरी
यो तिज डोकोमा मल को भारिभन्दा गरुङ्गो देखियो
विडम्बना भनौ कि यो हाम्रो संस्कृति भनौ
स्वतन्त्रता को खुड्किला छोडेर
गहनाको भारीमा पसिना काढेको देखियो
ईश्वरको पूजामा चोखो नितोको खोजी हुन्छ
चोखै साप्रा फिला र वाइनको दर भेटियो
उन्माद र अमत्याइले
अभद्रताको त्यो कम्मर अस्वभाविक भाचियो
शुभकामना छ तिमीलाई
मल बोकेर डोकोमा
गिटी कुटेर बगरमा
सेतो लाएर बार्दलीमा
परिवंदको त्यो परिवेशमा हुर्किएकाहरूलाई
कम्तीमा मनै अमिलो पारेर भए पनि
तिमीलाई जस्तै तिज आओस
मन छोएर आभासहरू तीजले
यो मुक्तिको चाड भनोस
सबै विभाजित मनहरूमा
ती अभावका फाँटहरूमा
यो महिलाको चाड बनोस !!
srdhakal
तिज २०७१
