Skip to content

दुई मुक्तक (भूकम्प)


१)

विपत्तिको अर्को ताण्डव नृत्य नाचेर गइस्
फेरि पनि अर्को कालो ईतिहास रचेर गइस्
मानव मनको वस्तीमा तेरो प्रवेश निषेध थियो
तर आइस् र कोमल मन मस्तिष्क भाँचेर गइस् ।

२)

जर्जर यो पुरानो नेपाल भत्काउने नै तरखर थियो
यही बेलामा प्रकृतिले सातो पनि भर्खर लियो
निश्चय नै अप्ठ्यारो चुनौती हो महाभूकम्प
तर नयाँ नेपाल बनाउने सुनौलो अवशर दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *