Skip to content


निकै गर्मी भएकाले एउटा चिसो खाएर केही समयका लागि भए पनि तनको गर्मी मेटाउँनु पर्यो भनेर एउटा चल्तीको किराना पसलमा गएर उभिएँ, मैले सधैंजसो सरसामान खरिद गर्ने गरेको । मजस्ता अरु पनि धेरै मानिसहरू मभन्दा अघि भएकाले केहीबेर मेरो पालो आउँने सम्भावनानै भएन त्यसैले पालो पर्खेर अलि पछिल्तिर उभिन बाध्य हुनपुगें ।

एउटाले पुरुषले भन्यो–‘ए ! भाइ डिडिसि घिउ छ ?’

‘डिडिसि त छैन तर डिडिसिभन्दा राम्रो रामदेव घिउ छ हजुर, राखिदिउँ ?’–पसलेले चाप्लुसिपूर्ण लवजमा भन्यो ।

‘देउन न त एककिलो ।’ पसलेले ग्राहकलाई घिउ दियो। ग्राहक पैसा तिरेर बाटा लाग्यो ।

अर्काले माग गर्यो–‘भाइ मलाई रामदेव आँटा ।’ उसले पनि आँटा पायो र पैसा तिरेर बाटो ततायो ।

अरु पनि ग्राहकले उसै गरी आफूलाई चाहिएका सामाग्री माग्दै गए–

भाइ मलाई रामदेव स्याम्फु ।

नुहाउँने साबुन ।

रामदेव फेसक्रिम ।

बिस्कुट ।

च्यवनप्रास ।

चनाको दाल ।

टुथपेष्ट ।

……………
……………

मान्छे पातलिएपछि बल्ल म पसलेका प्राथमिता पर्न पुगेंछु अनि उसले मलाई सोध्यो–‘तपाईलाई चाहि के दिउँ दाइ ?’ र तुरुन्तै सान्त्वना पनि दिए झैं गर्यो, ‘निकैबेरदेखि उभिएको उभियै हुनु भो ।’

म बोल्न नभ्याई स्कुल पढ्ने स–साना दुइवटी बालिका आए । उनीहरूमध्येकी एउटी बालिकाले माग गरि– ‘अङ्कल मलाई रामदेव पाउँ दिनु न ।’

उसको माग पुरा नहुँदै अर्की बालिकाले माग गरी–‘मलाई त रामदेव फ्यान्टा ।’

जीवन ‘पीडित’ दाहाल
जुरोपानी-४, झापा
हाल: काठमाडौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *