आशिषहरू थापेर अन्जुलीभरि दशैंमा
सन्तानले डाडाकाडा ढाकुन
ती आशिषहरू शिरोधार्य भए
हजुर बाका हजुर आमाका
प्रीतिको त्यो बगैचामा
मुट्ठीमा आकाश गाँजेर मनहरू बढे
यो रमाइलो फूलबारीमा
रंगीचंगी इन्द्र-धनुष जस्तै भएर
शुक्ल पूर्णिमाको गति लिएर
धर्तीका फाँटहरू फुले
कलकल झरनाहरूमा
पानीका बाछिटाहरूसँगै
त्यो मोहक रुपमा भविष्यहरू
छरपष्टिए ठुलो आँगन फराक भएर
मायाहरू टाढिए फाटिए डाडा काटेर सागर तरे
मन त हो नि आशाको दियो निभेको छैन
धड्कनहरू बढदै छन् द्रुत गतिमा
पर्खिएर पूर्वसँगै एकान्तमा
कुनै दिन त सूर्यसँगै मेरा भविष्यहरू
उदाउछन कि भन्दै बाटो पर्खिएर
यो छाती चर्कियो ऊ फर्किएन
आजकल यी तनहरू
थलिएका छन् गलेर मनभरी
यी मनहरू चोइटिएका छन्
बाँडेर मुटुहरू परदेश भरि
आँखाहरू रसाइरहेछन
जोरीपारीहरू छलेर
अनि गोडाहरू कामेका छन्
पानीमा ओतेर हावा बतास
हिउँमा छोपेर निलो आकाश
गर्मीमा छलेर तातो बाफलाई
यी हत्केलाहरूले तिमीलाई डोर्यायो
आशाहरू अँझै मरेका छैनन्
भविष्यको स्वागतमा निरिह भएर
वर्तमानसँग भविष्य भेट्नु पर्छ भनेर
कतै वर्तमानसँग भविष्य भेटिन्छ भनेर
यो दियोमा तेल आशाको बलिरहेछ
ऐंजेरु फ्याकेर तेल थप्न आउछौ भनेर
SRDHAKAL
