शुर न तालको पारा देख्न थालेको छु
दिउसै आकाशमा तारा देख्न थालेको छु
लाखौको भीडमा एक म नि हु कि
मनमा दुनिया सारा देख्न थालेको छु
सपनाको अवसान हुदा रहर भाग्दो हो
वियोगमा रुकुम र रारा देख्न थालेको छु
कुकुरलाई घिउ भन्ने आहान झैँ
नलेखिएको संविधान धारा देख्न थालेको छु
सपनामा देख्छन सिंगापुर स्विजरलेण्ड को
सोझोलाई सोझ्याउने नारा देख्न थालेको छु
