Skip to content

बाढीले बग्यो बास कसरी मान्ने दशैँ


बाढीले बग्यो बास कसरी मान्ने दशैँ
साझ बिहानको छैन गाँस कसरी मान्ने दशैँ

भत्किए घरहरू बगे कयौं मान्छेहरू
थुप्रियो गाउँमा लास कसरी मान्ने दशैँ

राहतको ओइरो लाग्यो ठूलाका आफन्तलाई
गरिबलाई छैन आश कसरी मान्ने दशैँ

उजाड भो जिन्दगी खरानी भो सपनाहरू
अँझै छ मनमा त्रास कसरी मान्ने दशैँ

सहारा छैन कतै सबै छन् रमिते
गर्छन् सबले उपहास कसरी मान्ने दशैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *