सोर्ह वर्ष टेक्दै थिए
जुगाले रेखी छेक्दै थिए
एक दिन बाले भने
अब त लक्का जवान भइस
ग्रिष्टी चलाउने पक्का जवान भइस
राम्रो घरको प्रस्ताव आको छ
चिटिक्क परेस
आज केटी हेर्न जाने कुरो भाकोछ ।
मैले भने
बा म अहिले पढछु
जागिरे भए पछि मात्र बिहे गर्छु ।
बाले हप्काउदै भने
अरु कुरा जान्दैन
तेरो बिहे नगराइ मान्दैन
बिहे गरेर पढन सकिन्छ
जसरी पनि अगाढी बढन सकिन्छ
खान्दानकी छोरी छ
केटी त
त कालेभन्दा गोरी छ
ज्वाँईलाई पनि पढाउलान
सम्धिलाई पनि राम्रै चढाउलान ।
डोली सजाइयो
बाजा बजाइयो
भोज गरेर
मासु भात पचाइयो ।
पढ्नलाई भनी सहर आइेयो
सानो तिनो जागिर नि खाइयो
बिस्तारै बढुवा हुँदै
हाकिम समेत भईयो
घर घडेरी कमाइयो
सहरकी गोरीसँग नि रमाइयो
घरकीलाई त
भैंसीभन्दा काली लाग्यो
त्योभन्दा राम्री साली लाग्यो
सहरकी गोरीसङ्ग भुलियो
एक दिन उसलाई
श्रीमती बनाई हुलियो ।
न कान्छी थाह थियो
न जेठिलाई थाह थियो
आफूलाई त दुवै आहा थियो
गाउमा घरबार बनाई दे
सहरमा दरबार बनाई दे ।
एक दिन खै कसरी कुरो खुलेछ
कान्छीको त मुखै फुलेछ
जेठिका माइती जागे
कान्छी भाइ पनि
कार्वाही गर्ने भन्दै लागे
म त यता न उता
दुई चार दिन घर छोडेरै भागे ।
पछि सम्पति बाट्ने कुरो भयो
जेठिले गाउको लाने
कान्छीले सहरको लाने
तर टुङ्गो छैन अँझै
म कता जाने ।
कान्छीले भन्छे म लान्छु
जेठिले भन्छे म जान्छु
अफु त भईयो तानातान
तानातानमा झन्न भइेयो एक घान ।
कान्छीले भनी
त्यसो आधी आधी बाटौ
तिमी अलिक बुढी छ्यौ
माथितिरको भाग लैजाऊ
केटी फकाउन जानेकोछ
तिमीलाई हसाउछ
तलतिरको भाग मेरो
मलाई पनि घुमाउछ
इन्जोय पनि गराउछ ।
जेठी जागी
तलाई राड
यसको जवानी पनि तैले खाइस
यसको माया पनि तैले पाइेस
अँझै रोजेको पाइन्छ
म पनि जवान नै छु
तलको भाग मलाई चाहिन्छ
ठुला कुरा गर्छेस
आज त, मबाट ठहरै पर्छेस ।
जेठि काली झै जागी
कान्छी पत्तोकट भागी
ओहो दुइटीको पोइ त
कोही नहोस
भए शत्रुकै होस ।
