Skip to content

दशैं शुभकामना


शुभ रहुन् जीवन-यात्रा खुशी टेकुन् घर घर
मन फुलुन् आनन्दले ढकमक्क वर पर
प्रसादले भवानीका, खुशी छाउन् अधरमा
सुवास् बहुन् आस्था उन्कै छर्दै गाउॅ शहरमा ।।

दुःख छुटुन् कर्मवीरका थकाइ मार्ने फलैंचामा
हर्ष चुमुन् मझेरीका ओठ साना बगैंचामा
आशिष् लागुन् भवानीका, सार्थक् बनुन् सपना सबै
नित्य जलुन् दीपक् उन्कै छर्दै आभा जता ततै ।।

बाधा हटुन् सदमार्गीका लक्ष्य चुमुन् पाउ नित्य
मेघ फाटुन् आकाशका रवि खोलुन् मार्ग दिव्य
अंश रहुन् भवानीका कोठा चोटा सबै घरमा
गुन्जी रहुन् गीत उन्कै मान्यजनका आशिर्बादमा ।।

शत्रु हटुन् सब जनका कोहि नहुन् काखा पाखा
गाइ रहुन् मेची काली एउटै बन्धुत्वको भाखा
आशिष् लागुन् भवानीका, जीवन नित्य फूलिरहुन्
जली रहुन् दीप उन्कै सुख शान्ति छाइरहुन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *