Skip to content


एक प्रहर त रातमा, निदाउनुपर्ने हुन्छ
किनकी सपनामा कोही,आउनुपर्ने हुन्छ।।

फेरी आदेश छ काममा मुस्कुराईरहनु भनेर
जागीर पुग्नुपहिले आँखा,ओभाउनुपर्ने हुन्छ।।

प्रदेशमा दिनहरू त वित्छन् जसो-तसो
धेरै मुस्कीलले रातहरू,कटाउनुपर्ने हुन्छ।।

यस्तै सोचेर मन बुझायको छु प्रिया
केही पाउनलाई केही,गुमाउनुपर्ने हुन्छ।।

रोगीछु लाटी प्रेमको-जरूर तिम्रो प्रेमको
हरपल यी आँखामा तिमी,छाउनुपर्ने हुन्छ।।


खोज्दोहो अचेल पिढीले अनी,बाटोले मलाई
भुले होला ढिडोले अनी, आटोले मलाई ।।

बोकेर ढोको काट्नलाई घाँस,पुग्दथे जहाँ म
बिर्सीयहोला बारीको त्यो, पाटोले मलाई।।

सकाउन मेलो हलीदाईले,लस्काउदा हुन हलो
खोज्दछ होला छुटेको त्यो, राटोले मलाई।।

धेरै साल भो सम्झेर गाउँ, फर्केन प्रदेशी
यस्तै भनी धिक्कार्छ होला,माटोले मलाई।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *