Skip to content

बा लाई चिट्ठी

“बा लाई चिठी”

बा’ले शिरको टोपी निकालेर
पसीना पुछेको धेरै चोटी देखेको छु,
सानैमा सोधेको थिय
बा किन आउछन् पसीना?
घामले हो बावु।
फेरी सोधे,बा घाम त अस्ताई सके?
बा वोल्नु भयन !

अचेल प्रायजसो
बा त्यही टोपीले आँशु पुछ्नुहुन्छ रे
त्यसो नगर्नुहोला बा
मैले नदेखेपनी
मलाई खबर आउछन्
मलाई वाडुली लाउछन्
स्वाभिमानी मान्छेले त्यसो गरेको सुहाउदैन बा
नरूनु होला।

प्राय
आमालाई यि प्रश्न गर्न सक्दीन
जस्को उत्तर पनी आँशुनै हुन्छन्।
बा लाई सोधेको थिय,
किन रुनुहुन्छ बा?
बावु चाडवाड आउँछन्….

बा!
यी सबथोक आउछन् जान्छन्
यी समयका खेल हुन
फेरी आउँछननी अर्कोसाल।
तपाईनै रूनु भयो भने
के मैले पत्याऊला र आमाको मझेत्रो
ओभानो छ भनेर?
मलाई गाह्रो हुन्छ बा यहाँ
मेरो लागी भयपनी
आमाको लागी भयपनी
त्यसो नगर्नुहोला।

त्यो छ नी बनमारा जस्तै’न हुन बा यादहरू
ठाँउपाय झाङ्गीन्छन्
त्यसैले चाड-वाड भनेर
मलजल गर्नु हुदैन्।
बाटोभरी खाडल अवश्य हुन्छन्
सके पुरेर नत्र तर्केर हिड्नु पर्छ।
कत्ती पिर नमान्नुहोला,
जस्तो हुन्छ
त्यस्तै दशैँ मान्नुहोला।।

के भनेनी बा!
त्यो टोपीले बरू पसिनै पुछेको सुहाऊँछ
आशु पुछेको सुहाऊँदैन
त्यसैले बा
तपाई नरूनुहोला।।

२०७१-६-१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *