हर्केको गाउँमा तिहारको खुसी आएन यसपाली
पोहर झैँ मनमा उमङ्ग हर्ष छाएन यसपाली
सुन्दर त्यो गाउँ छिनभरको भेलले बनायो बगर झैँ
डुबायो जमिन कसैले खेति लाएन यसपाली
रुदैछ कोइली रुदैछ मयुर बिरह सुनेर
कागले समेत चढाएको भात खाएन यसपाली
तिहारको रमझम देखिन्न कतै सुनसान छ बस्ति नै
खाली छन् आँगन मखमली फुल्न पाएन यसपाली
पिडा र ब्यथा बोकेर सबै सुत्दैछन् पालमुनी
कसैले पनि देउसीको गीत गाएन यसपाली
