Skip to content


शिशिरको तुषारपात अनि गृष्मको पतझड
उजाडसँगै नैराश्यता, निर्धनता र नाङ्गोपन
चराहरूको गुँड सबार, अनि सूर्यको मलिन मुहार
पहेँलिएर झरेका पातहरू,
काँडामात्र रहेर बँचेका फूलका हाँगाहरू
बैंसको मातले संसार लत्याउने जवान
लौरो र नातिको सहारामा आँगनमा छ,
यी परिदृष्यको भ्रमको भरिया भएर बाँचिरहेछु,
हरियालीको वसन्त हेर्ने अभिलाषामा
काँडाहरूको बीचमा फूल देख्ने सपनामा
गायक चराहरूको आगमनमा
झुल्के उषा किरण, पूर्ण सूर्याभूति
नयाँ विहान अनि नयाँ दिनको प्रतिक्षामा
सुकेका मुहान रसाउँने आशामा
भुलिरहेको विचरा म आशे दिन बिताउतै गरेको
काल पर्खेर बसेको मानव,
भ्रमहरू साँचेर, आत्माको मृत्युवरण गर्न नसकेको
मृत्यु कुरिबसेको मानव ।

रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *