Skip to content

सँगै व्योममा


सँगै व्योममा छन उता जून तारा
यता चाहिँ हाम्रो छुट्यो भाइचारा ।

म नेपाल यौटै भए हुन्छ भन्छु
तिमी भन्दछौ भिन्न पार्दैछु वारा ।

मिलेरै गएपो त बन्थ्यो विधान
कहाँ बन्छ नेता बनेमा किनारा !

बुझेकै कुरा हो नभन्दा नि हुन्थ्यो
छ प्रासाद जस्को उही सर्वहारा ।

यहीँ स्वर्ग बन्थ्यो बने एक हामी
नमिल्दा भएकै नि बिग्रिन्छ सारा ।

अहम त्यागगर्दै मिलेमा हिमाल
सँगै हाँस्दछन ती नदी ताल रारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *