ओइली झर्छ एकदिन जस्तै राम्रो फूल पनि
कत्ति हिड्छौ डुल्छौ मै हुँ परी भनी
जीवन हो जन्मेपछि मर्नु पर्छ एक दिन
राम्रो गर्नु सबैलाई किन बोक्छौ पापको रिन
सबै आखिर मान्छेनै हो मन नदुखाऊ नानी
हिड्न छोड डुल्न छोड मै हुँ परी भनी
फूलको जवाफ पत्थरले दिने हुन्छ कत्ति
चोखो माया लत्याएर हिन्छ्यौ किन मात्ती
सबै आखिर मान्छेनै हो मन नदुखाऊ नानी
हिड्न छोड डुल्न छोड मै हुँ परी भनी
देव घिसिङ (दु:खी)
पु.झा.८ सिन्धुली
