नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनका टुक्रा हिमाल हिराको
माटो र पानी पहेंलो घाम धर्तीका छोराको
ए कहाँबाट सम्झना हेर्छौ सम्झनै नरहे
दशैं र तिहार रमाइलो हाम्रो छुट्का र ख्यालीले
हृदय हाम्रो जुर्मुराउँछ जितको जालीले
बैंशको तालमा नाचौंला कहाँ मादलै नरहे
ए कति राम्रो बिहानी पख घामको रेखी यो
सभ्यता पैलो संसारमा फैल्यो हिमाल देखियो,
ब्यूझौँला कहाँ पूर्वको पैलो उज्यालो नरहे
शब्द – माधबप्रसाद घिमिरे
स्वर/संगीत – नातिकाजी
