पराईले तिम्रो सिउदो अनायासै भर्दा खेरि
सबका चेहरा मलिन हुन्छन् मेरो आँसु झर्दा खेरि
जस्लाई मुटु ठान्थे मैले उसैसँग छुट्दा आखिर
ढल्छु होला देखेर म स्वयम्बर गर्दा खेरि
युगौ युग बाँच्नु तिमी म जलेर गएपनी
खुशी हुनु सुहागसँग मेरो प्राण मर्दा खेरि
कति काखमासँगै बसी कैयौ दिन कटाएका
याद आउला मेटाईदेऊ तल बेशी झर्दा खेरि
रामकृष्ण पौडेल ”अनायास”
गजलकुञ्ज