मनमा अब हाँसो खुसी भर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !
हराउँदै छ संस्कृति र परम्परा हाम्रो
मरेपछि स्वर्गलोकमा पर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !
जान्न मत लाहुर आमा भन्थें पैले म
डर थियो सजिलो काम गर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !
तिम्रै काखमा रोएँ हाँसे आजसम्म म
भोलि आँशु पाछ्यौरीमा छर्न पाइन्न कि !
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि
बाँचेभने आँउछु आमा तिम्रो मुखदेख्न
मरें भने सात समुद्र तर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !
मनसून
कुवैत