Skip to content


हो है आमा यही नारी द्यावा-पृथ्वी प्रकाशिनी
महादेवी यही नारी चण्डमुण्ड बिनासिनी !

यही हो द्रौपदी, सीता यही हो युद्ध-कारण
यही हो भृकुटी नारी झगडाकी निवारण !

नास्नसक्छे यही नारी सुखको महलै पनि
खेप्नसक्छे यही नारी दुक्खको कहरै पनि !

भुल्नसक्छे यही नारी घारी जङ्गलमै पनि
फुल्नसक्छे यही नारी फूल गुलाफमै पनि !

काट्नसक्छे यही नारी भारी-दुर्गम रात ती
साट्नसक्छे महाप्रेम नरलाई त साथ दी !

नारीलाई गरी माया पर्छ सम्मान नै दिनु
त्यही सम्मानले मीठो पर्छ है मान नै लिनु !

:नरेन्द्र पराशर
(छन्द अनुस्टुप्)

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_6498.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *