Skip to content


म मेरो शिरलाई ता फूलैफूल बनाउँछु
तिमीलाई त्यहीँ राखी प्रेमगङ्गा बहाउँछु…!

म मेरो चक्षुलाई ता आँखिझ्याल बनाउँछु
तिमीलाई त्यहीँबाट प्रेमरुप चिहाउँछु…!

म मेरो कानलाई ता ऋतुराज बनाउँछु
तिमीलाई त्यहीँभित्र पुष्पबोली सुनाउँछु…!

म मेरो नाकलाई ता दिव्य-बास्ना बनाउँछु
तिमीलाई त्यही बास्नाभित्र भुल्न लगाउँछु…!

म मेरो मनलाई ता स्निग्ध डुङ्गा बनाउँछु
तिमीलाई त्यहीँ राखी कतै टाढा बहाउँछु…!

:नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_8746.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *