Skip to content

यहाँ नेपालको आफ्नै


यहाँ नेपालको आफ्नै, नाम चाहिएको छ
हरेक नागरिकलाई, काम चाहिएको छ

खै के बार्ता हुन्छ दिनहु, बन्द कोठाभित्र
कोहीलाई राज्य, कोहीलाई गाम चाहिएको छ

यति धेरै भ्रष्टचार, बढ्दै गयो कि यहाँ
जन्मदर्ता गर्दा समेत, खाम चाहिएको छ

छोड यार सिंगापुर र स्वीस बनाउने कुराहरू
साँझ बिहान खान पुग्ने, माम चाहिएको छ

गाली गर्नु पहिले देशलाई, माया गर्न सिकौ
हजार नेता हैन एउटा, राम चाहिएको छ

सूर्यप्रकाश भुसाल
गैडाकोट नगरपालिका -६, नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *