Skip to content

पाँच सेन्र्यू (सार्क सम्मलेन विशेष)


१. भ्याई नभ्याई
सम्मेलन तयारी
भाङ्ग्राको धोती

२. मोदीको तिर्खा
आउने पो हो कि न
मेलम्ची पानी

३. टाल्न त टाल्यौ
फाटेको फरियाले
भ्वाङ नै भ्वाङ

४. सुनसान छ
सम्मेलन छ अरे
कता छ कुन्नि

५. खाए पचाए
एउटै उपलब्धि
हात मिलाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *