एक)
देशको दुर्गति देख्दा धर्धरी मन रुँदो रे’छ
मेची महाकाली झैं बर्बरी आँसु चुँ’दो रे’छ
ऊ बेला त बरु एउटै मात्र राजा थियो
गणतन्त्रमा त झन् थरिथरिका राजा हुँदो रे’छ
दुई)
कुकुर बिरालाको रोटी लुट्ने बाँदर न्याय मूर्ति हुन्छ यहाँ
भ्रष्टाचारी र काला ब्यापारी कै इच्छा पूर्ति हुन्छ यहाँ
पद्धतिको मलामी गएर फर्केका केही जत्था साँढेहरूको
बन्द हड्ताल चक्काजाम र नाकाबन्दीको घुर्की हुन्छ यहाँ ।
