यै मेरो माटोले जिते पो जित हुन्छ मेरो
जे जे बोल्छ माटोले त्यै – गीत हुन्छ मेरो
म मिर्मिरे भेट्न हिंडेको छु रात समातेर
जसलाई भेट्छु यो बाटोमा त्यै – मित हुन्छ मेरो
निशर्त: प्रेमको फूल मैले यै माटोमा सारेको छु
फुल्नु प्राय : त्यो फूलसित यै – रित हुन्छ मेरो
जुनेलीमा जूनको आँसु ‘ झरेपछि शित हुन्छ
त्यै शीतले भिजेको माटोसित -प्रीत हुन्छ मेरो
