Skip to content

मेरो स्वभिमान


मलाई विष देऊ
म पिउँछु।
मागेर ल्याएको अमृत होइन,
त्यसले मेरो प्राण हर्छ।

चिसो भएर के भो र,
रगतमा बिरता बग्दछ।
मेरो स्वभिमानको लाश उठे
जगतमा क्रुरता भाग्दछ।

मलाई विष देऊ
म पिउँछु,
मागेर ल्याएको अमृत होइन
त्यसले मेरो स्वभिमान मार्छ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *