हिलो माटो नबगाई बन्दैन पाँगो
केस्रा केस्रा नकेलाई बन्दैन धागो
ठोस्ने पर्छ अगुल्टो, आगो बाल्नलाई
लोग्नेस्वास्नीको झगडा परालको आगो
गरिबी र निवारण दुई शब्द मागी खाने भाँडो भो
गरिब र जनता दुई शब्द सरकारलाई घाँडो भो
भ्रष्ट र आचार दुई शब्द मिलेपछि यो देशमा
पद्धति र विकास दुई शब्द चढ्ने नसकिने डांडो भो ।
