Skip to content

कुनै बेला गुलियो थ्यो


कुनै बेला गुलियो थ्यो सख्खर जस्तो जिन्दगी यो
आजभोलि रिङ्ग्याउने चक्कर जस्तो जिन्दगी यो

देख्छु पर क्षितिजमा लक्ष्य मेरो झुण्डेको छ
भेट्छु भनी हिड्दा लाग्ने ठक्कर जस्तो जिन्दगी यो

मित्रताको आँचल् थाप्दै हातेमालो गर्न खोज्दा
शत्रुतामा जोड दिने टक्कर जस्तो जिन्दगी यो

हिरा मोती भन्छन् जीवन् संगालेर राख्नुपर्छ
के नै छ र मूल्य मेरो? पत्कर जस्तो जिन्दगी यो

श्रम गर्छु,सीप भर्छु,अभावमा गल्दै गा’छु
छाँयाबिना डढ्ने घाम्को प्रखर जस्तो जिन्दगी यो

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *