Skip to content

तीन मुक्तक (मैले बस्ने शीतल छायाँ)


१)
मैले बस्ने शीतल, छायाँ तिमी भए
अक्सर मैले गर्ने, माया तिमी भए
जस्तोसुकै बाधा नि पन्छ्याउँथे,
सधैं मेरो, दायाँ-बायाँ तिमी भए

२)
भन मात्रै तिम्रा लागि तारा नि दिन्छु
जे जे माग्छौ सारा सारा नि दिन्छु
आफ्नाहरू तिमीबाट टाढा भए पनि,
उनीहरूकोभन्दा दरिलो सहारा नि दिन्छु

३)
सधैंं जसो उसै गरी, आउँछौ तिमी
फेरि सम्झाई धेरै, सताउँछौ तिमी
सम्झिरहने बानी कसै गरी छोडुँ भन्छु,
किन यादहरू यता, पठाउँछौ तिमी

चन्द्रप्रसाद भट्ट
कोटेली-३, डँडेल्धुरा
रेडियो सुदूर आवाज ९५ मेघाहर्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *