सृष्टिको प्रारंभिक कालमा भगवान विष्णुको आज्ञाले ब्रह्माजीले जीव तथा मनुष्ययोनीको रचना गर्नुभयो । तर पनि आफूले गरेको त्यस्तो सृजर्नाबाट सन्तुष्ट हुनु भएन । ब्रह्माजीले केही सृष्टिमा कमि भएको महसुस गर्दै विचार गर्नुभयो, “यस्तो लाग्यो कि यो ब्रह्माण्डमा केही चिजको कमि छ जसको कारणले गर्दा चारैतिर अन्धकार र मौनता छाएको छ।”
ब्रह्मालाई श्रीविष्णु भगवानसित भेटेर आफ्नो जिज्ञासा राख्ने विचार भयो । जल क्रिडा गरेर आफ्नी धर्म पत्नी श्रीलक्ष्मीजीसँग मिठा कुरा गरी शेष नागमा विराजित विष्णु प्रशन्न मुन्द्रामा रहेको बेला ब्रह्माले आफ्नो मनको कुरा व्यक्त गर्नुभयो । तत्पश्चात उनै विष्णुको आज्ञा लिएर ब्रह्माजीले आफ्नो कमान्डलुबाट जल निकाल्दै चारैतिर छर्कन लाग्नुभयो ।
त्यो जलको छिटा पर्नासाथ प्रिथ्वी जलामय भएर कम्प हुन् गई एउटा बोट बीचबाट अद्भभुत शक्ति प्रकट भयो । त्यहा अति नै दिव्यज्योति भएकी, तेज पूर्ण नारीको आगमन भयो । उनका दुई हातमा वीणा र वर-मुन्द्रा थिए भने अन्य दुई हात पुस्तक तथा मालाले विभुषित थिए । त्यस्तो देखेर ब्रह्माजीले उनीलाई खुशी हुदै वीणा बजाउन अनुरोध गर्नुभयो ।
जब ब्रह्माले वीणा सुन्ने इच्छा राख्नुभयो ती नारीले आफ्नो हातको वीणको मधुर स्वर (नाद)बाट निस्केको मोहित संगीत धुन बजाउदै गर्दा सारा ब्रह्माण्ड, संसार भरिरहेका, जीव, जन्तु, तथा प्राणीमा वाणी प्राप्त भयो । जलक्रिडा स्थलमा हंगामा मचियो, बहेका हावाभित्र पनि शान्त आवाजको महसुस हुन थाल्यो । त्यस्तो देखेर ब्रह्माजीले ती देवीलाई वाणीकी देवी सरस्वती भनेर नाम दिनु भयो ।
त्यो जलको छिटोले पृथिवीमा जल् बग्न थालेको देखेर, बागेश्वरी, शारदा, भगवतीको नामले सरस्वती वीणाबद्नी र वाग्देवी नामले पूजा गरुन भन्नुभयो । त्यस्ती शक्तिशाली कृपालु मातालाई विद्याकी देवी “अज्ञानता नाश गर्ने” भनिन्छ । “वीणा बजाएर” कला र संगीतको मिठो धुनको सिर्जना गर्नुभएकोले उनीलाई संगीतकी देवी पनि भनिन्छ ! उनको उत्सव वसन्त पंचमीको दिन जन्मदिनको रुपमा पूजा आरधना गर्ने गरिन्छ । श्रीकृष्ण पनि उनले बजाएको वीणाको धुनमा लट्ठ भएर अति खुशी हुदै “यो दिन तिम्रो पूजा आर्चना संसारभरि धुमधामले सबैले तिमीलाई मानून्” भनेर बरदान समेत दिनु भएको थियो रे ।
यस्तो वशन्त ऋतु आउनेबितिक्कै प्रकृतिका हरेक जीवको अनुहारमा रौनक चल्बलाउन थाल्छ रे । प्राणीमा मानव मात्र नभएर, हरेक जीव, पशुपन्छी सबैमा खुशी छाउँछ भनेर बर्णन गरिएको छ । अँझ भन्ने गरिन्छ कि, हरदिन उदाउने नयाँ सूर्यको किरणसँगै नयाँ चेतना, उमंग, जोश, दिलाउदै सधै यसरी नै हर एकदिन उदाउने वाचा गर्दै सूर्य अस्ताउछन् अरे ।
यो माघ महिना नै एउटा खुशीको दियालो बाल्ने पंचमी हो । यस्तो दिनमा प्रेम गर्ने नव जोडीले उनैको आशीर्वाद लिदै नयाँ जीवनको शुरुवात गर्छन !
सानो हुदा आफूले स्कुलमा कथा सुनेकी थिएँ । ज्ञान बिना संसार अन्धकार छ; धन छ तर ज्ञान छैन भने त्यो धन ढुंगा समान हुन्छ । त्यस्तै तलबारभन्दा, कलम ठुलो हुन्छ, जसलाई विद्या भन्ने गरिन्छ । यस्ती शक्तिकी देवीलाई मेरो कोटी प्रणाम !
वन्दना
या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना
या ब्रह्माच्युतशंकरप्रभ्रृतिभिर्देवै: सदा वन्दिता
सा मां पातु सरस्वती भगवती नि:शेष्य जाड्यापहा
शुक्ल वर्ण, सम्पूर्ण चराचर जगतमा व्याप्त भएकी, आदि शक्ति, ब्रह्माजीले पनि बर्णन गर्नुभएको अन्धकार जगतलाई वाणीबाट उज्यालोतिर लैजाने सम्पूर्ण चिन्तनको सार, भयबाट मुक्त गराउने, हिम्मत दिदै अज्ञानता र अन्धकार हटाउन सक्ने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गरेकी, पद्मासनमा विराजमान भएकी, बुद्धि दाता, सर्बोच्च ऐश्वर्यले सिङ्गारिएकी यस्ती भगवती माता श्रीसरस्वती मातालाई मेरो लाखौ लाख प्रणाम ।
सरस्वती श्लोक
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानी त्रिसन्ध्यं य पठेन्नरः
जीव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती
निशा खनाल अर्याल