सदा सदाको विश्वास तोडियो कि कतै
सँगै हिड्ने पाइला अन्तै मोडिए कि कतै
जाँनु थियो धेरैभन्दा धेरै टाढा हामले
गन्तव्यमा नपुगेर नै, छोडिए कि कतै
माया गाँस्छु भनी तिमीसँगै साटिएको
मनमुटु पनि अरुसँगै जोडियो कि कतै
पक्का पिरतीको साचों मसँग हुदा पनि
तिम्रो त्यो दिलको ढोका फोडियो कि कतै
सानु खड्का,
काठमाण्डौ सीतापाइला,
