भारी भो भारी भो बैनी नेपालमा एउटै जुनी यो
कैले म हाँस्नी हो बैनी नेपालमा कैले रुनी हो
वारी म जाऊँ कि म पारि जाऊँ
बिचैमा पिरती, हो रेशम फिरिरी
ठेलीठेली चल्दछ जिन्दगीको मोटर
केले लाउने खाने खै बरै छैन केही भर
म त मुलुक बसुँ कि म मुग्लानै पसुँ कि
मलाई भनी दिने को छो र? को छ र बरै
उकाली लागुँ कि ओराली झरुँ
आँतै भो जिरीरी, हो रेशम फिरिरी
दिन रात चल्दो छ तर जोवन गल्दो छ
कैले घरजम गर्ने खै बरै वैश ढल्दो छ
कैले ढिकी जस्तो भो कैले जाँतो जस्तो भो
जोवन ठाउँको ठाउँमै फिलिली, फिलिली बरै
बेसुरे धुनैमा बजाउँदै मनको मुरली तिरिरी
हो रेशम फिरिरी
शब्द, स्वर, संगीत – कालीप्रसाद बाँस्कोटा
चलचित्र – रेशम फिलिली
