तिम्रो आकांक्षा
विद्यमान परिवेश
नदीको माझ ।
फैलियो माया
फेसबूके पिरती
क्षण भरमै ।
याम मौसम
सायद उस्तै त्यस्तै
कोपिला फूल ।
काल भैरब
चक्कु प्रहार गर्छ्
जेब्रा-क्रशमा ।
कुमारी आमा
विष पिलाउँदै छ
नशा नशामा ।
घोडाको टाप
बजारी नै रहेछ
टुँडिखेलमा ।
