Skip to content

नौसय खोला तरेर जाने

  • by


नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई
नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई

बादलले ढाकेमा म रोइरहिछु भनेर ठाने है
बाडुल्की लागेमा सम्झिरहिछु भनेर जाने है

वतास चले म छटपटाएँ भनेर बुझे है
घामले पोलेमा बिरामी म भनेर जाने है

बिजुली चम्केमा निद्रामै ब्युँझिएँ भनेर बुझे है
हिउँले परेमा म यहीले मरे भनेर जाने है

शब्द – यादव खरेल
स्वर – तारादेवी

Leave a Reply

Your email address will not be published. Required fields are marked *