Skip to content


डबल स्ट्यान्डर्ड छ
यो रक्सी र सेक्सको मामला
मेरो समाजमा ।

मान्छे
प्राकृतिक हुन्छ
रक्सीमा
पौरी खेल्दा
बाँकटे हान्दा
या डाइफमा हुत्तिँदा
सेक्स पनि उस्तै हो
साराका सारा मान्छेहरू
कम्बल ओढेर घिउ खान्छन् ।

पोल खोल्दिन मन लाग्छ
रक्स्याहाहरूको
व्यभिचारीहरूको
नकाब झिकिदिएपछि
चराको प्वाँख
उखेले झैँ हुन्छ ।

मेरो समाजमा
रक्सी र सेक्सको मामला
डबल स्ट्यान्डर्ड छ
म मान्यता भत्काइदिन चाहन्छु ।

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हालः मन्थली उमावि, मन्थली
मोबाइलः ९८४४०४४०८३

1 thought on “रक्सी र सेक्स”

  1. यी दुई मामिला मात्र हैन
    यी दुई मामिला मात्र हैन पेशलजी प्रायश व्यवहारिक कुराहरू डबल स्ट्यान्डर्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *