Skip to content

तीन मुक्तक (यो सरकार)


यो सरकार

यो सरकारलाई कसैले ढाल्दैन आफै ढल्छ
अर्को सरकार बनेपछि लैकामा फर्सी फल्छ
सुशासनमा सरकार अति कटीवद्ध छ हजुर
त्यसैले देशमा कालो बजारी खुलेयाम चल्छ ।

उनको कथन छ

उनको कथन छ सहमतिको राष्ट्रिय सरकार
आजकल भाषण गर्छन् उनी यसैमा बारंबार
कोही आए पनि कोही गए पनि केही छैन हजुर
देखिसकेका छन् सबैले नेताका सक्कली अनुहार

मन्दिर

शैलेश्वरी मन्दिरमा मेरो शिर निहुरी सक्यो
जीवनको उद्धारमा मेरो तन अर्पिसक्यो
भावनाको महलमा अग्नि ज्वाला दन्किसक्यो
सौलो तिम्रो मन्दिरमा मेरो मन अर्पिसक्यो

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *