Skip to content

अनङ्वा नेपाला

PadamRai

अनङ्वा नेपाला नि यङसा
पात नमेत्ताङ
तान नमेत्ताङ
लुङ वेन नमेत्ताङ
लाम छेक नमेत्ताङ
नेपाला छेक नमेत्ताङ ।

द्या नलुवाङ खुवाङा काङसाङ
उङका बुया-बुया लाम तित्ताङ
खोचि देङदा कसा-कसा मकोला
खोचि हुरिपङपङ मफुङसा
लाप्खा उङका चोङ
रात्कामिचिओ धात्खा उङका चोङ
इदेङमाङ उङका साचेन्खोक लिसाङ ।

नचिन्ताङ यङमा- खाना बाखाछा
आम तोक्मायु दोत्मादोत
नपनान्लो ङाप्माचि दोत
हाङदुम्मिलाम मुमादोत
छेन्खालादा दुम लोन्मादोत ।
नचिन्ताङ- मुमादोत ङायुवाओ दुम
मामायङ, थाप्सङहिलिओ दुम लोन्मादोत
लुङ्वा दोत्मादोत
खा नपनिन्लो म्हुखाला, खिखाला लोन्मादोत ।

खोचिआ द्या नलुवाङ
मोहाङा काङसाङ
मोत्निङा चयाङसा खाराङ
इदेङमाङ उङका साचेन्खोक लिसाङ ।

उत्पालामदा बुया नपाआङ
खोचि वाइवेत खिप्सा मखारा
तोक्मा योक्दा खोचिआ अतोक्ता
उङका खाङओ खाङ लिसा
अनङ्वा नेपालाओ नङदा-
उङका ठाकोलोक नमुवाङ
उङका बान नमुवाङ ।

(भावानुवाद)

नयाँ नेपाल

पदम राई

नयाँ नेपाल भन्दै
कराउन लगाए
उफ्रिन लगाए
ढुङ्गा हान्न लगाए
बाटो छेक्न लगाए
नेपाल बन्द गर्न लगाए ।

जे भने मान्दै गएँ
म अघि-अघि बाटो देखाउने
उनीहरू डराइ-डराइ पछाडि हिँडे
उनीहरू सातोपुत्लो जाउन्जेल भागे
पक्राउ मैले खाएँ
सुरक्षाकर्मीको कुटाइँ मैले खाएँ
अन्तमा म अचानो भएँ ।

भन्न सिकाए- तिमी आदिवासी
तिम्रो अधिकार माग्नुपर्छ
नदिए खोस्नुपर्छ
राजनीतिकरण गर्नुपर्छ
चुनावमा कुरा उठाउनुपर्छ ।

सिकाए- गर्नुपर्छ पहिचानको कुरा
मातृभाषा, रीतिरिवाजको कुरा उठाउनुपर्छ
राज्य माग्नुपर्छ
नदिए झैंझगडाको कुरा निकाल्नुपर्छ ।

उनीहरूले जे भने
त्यसै मान्दै गएँ
त्यसरी नै गर्दै गएँ
अन्तमा म अचानो भएँ ।

नराम्रो कुरामा अघि लाउदै गए
उनीहरू चुपचाप पढ्दै गए
पाउने बेला उनीहरूले पाए
मैले हेरेको हेरै भए
नयाँ नेपालको नाममा-
मलाई भर्याङ बनाए
मलाई हतियार बनाए ।

पदम राई
सम्पादक- बुङ्वाखा
(बान्तावा मासिक पत्रिका)
रानीबास ४, भोजपुर,
हाल: ललितपुर
बिजुली डाँक : padamrai@gmail.com
मोबाइल : ९८४१२६०३५०

1 thought on “अनङ्वा नेपाला”

  1. बान्तावा भाषा सिक्ने इच्छा छ
    म आपूm बान्तावा राई भएर पनि आफ्नो कुरा(भाषा) सिक्न नपाएकोमा दुखित छु । हाम्रो धुलाबारी को किरात राई यायोक्खा प्रारम्भिक समितिले पनि अहिलेसम्म कुनै राई भाषाको प्रशिक्षण गराउने पहल ग¥या छैन । यहाँको घर ठेगाना कहाँ प¥यो, जान्न मन लागेको थियो । कहाँ कसरी बान्तावा भाषा सिक्न पाइन्छ यसो जानकारी गराइदिनु भए म आभारी हुने थिएँ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *