कथ्यमा नवीनता
कल्पनातित यथार्थ
सधैँ केही न केही
नयाँ सन्देश,
विन्यस्त शब्द
विशिष्ट मापन
विम्ब प्रतिक
समाजले रूचाउने
व्यक्तिले पचाउने
शब्दमा
मिठास माधुर्यता,
तादात्म्य
विषयवस्तु
भावोद्गार
सन्निहत
हुने कामना
कविताको परिभाषा
सरिताको उन्माद् झैँ
बग्नुपर्छ
छरिनुपर्छ
काञ्चन, कोमल र कलकल ।
पेशल आचार्य
टीकाथली–४, ललितपुर
हालः मन्थली उमावि, मन्थली
मोबाइल – ९८४४०४४०८३
