Skip to content

आऊ नयाँ वर्ष खुलेर


आऊ नयाँ वर्ष खुलेर आऊ
नेपालमा शान्ति दिगो बनाऊ

दिक्दारिये आज स्वदेशवासी
छर्दै खुसी जीवन ती सजाऊ

सद्भावको दीपक बाल झल्ल
संकष्ट जे जे छ सबै हटाऊ

नेटो कटाऊ पिर,ताप,बाधा
सन्तुष्टि बाँडेर सधैंँ हँसाऊ

दुर्भावका बोट उखेल चाँडै
सद्प्रेम फुल्ने विरुवा लगाऊ

आक्रान्त भो देश विपत्तिबाट
सन्ताप हर्ने सरिता बहाऊ

वर्षा गराऊ शुभकामनाको
सम्पूर्णमा ‘कोमलता’ बढाऊ

(छन्द:- इन्द्रवज्रा )

५ अक्षरमा विश्राम
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *