Skip to content

तड्पिएर बाँच्नुभन्दा


तड्पिएर बाँच्नुभन्दा मरे निको हुन्थ्यो कि खै
धर्ती छोडी अन्तै बास सरे निको हुन्थ्यो कि खै

कति बसुँ किनारमा पर्खिएर तिमीलाई
बस्नुभन्दा अब खोली तरे निको हुन्थ्यो कि खै

उस्कै निम्ति फूलिरहें ख्याल गरेन भमराले
पतेरोले छुन खोज्छ झरे निको हुन्थ्यो कि खै

सम्झौता हो हुन जीवन केही कुरा अफ्ठ्यारो छ
कुनै कुरा आफू खुशी गरे निको हुन्थ्यो कि खै

प्यासी हुँ म पिरतीको तिम्रै यादमा तड्पिरा’छु
तिमी आई मिठा खुशी छरे निको हुन्थ्यो कि खै

अज्ञात पाल्पाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *