प्यारी,साथी,अर्धाङ्गीनी
लेख्न नि हिज्जे ‘अर्धाङ्गीनी’
मिल्यो कि मिलेन ?
आधा मेरो अङ्ग,शरीर
मेरी अर्धाङ्गीनी, श्रीमती
जब पहिले देख्दथेँ
पहिल्यै जब तिमी र म
हामी दुवै साना-साना
भित्र-भित्रै मन पराउने गर्दथेँ
अहिले मुसुक्क हाँस्छु
जबा सम्झन्छु
तिमी नै थियौ,तिमी नै ?
मेरी भबिष्यकी श्रीमती ?
सानी भर्खरैकी तिमी
शायद एक अर्काको निम्ति
पठाएका हुन यहाँ
हाम्रो सुनौलो ठाउँमा
म श्रीमान अनि तिमी श्रीमती ।
