Skip to content

घरमा चुल्हो नबलेपछि (छोटा कविता)


१.
घरमा चुल्हो नबलेपछि
हिजो ग्याँस खोज्न गएको ऊ
अँझसम्म फर्केन
अब म
ग्याँस खोज्न जाऊँ कि
उस्लाई ?

२.
तिम्ले सहयोगभन्दा
घात बढी गर्छौ भन्ने
थाहा पाएर
आशभन्दा बढी
मन बलियो पारी
आएको छु ।

३.
तिमी शहरमा
म गाउँमा
हुँदा
दाउरामा खाना बनाउने
पाखे
आज
शहर आउँदा
एक भारी
दाउरा ल्याइदिएको छु
कोसेली अभावको शहरमा
पाखे नबन ल !!

@घनश्याम शर्मा पौड्याल
पोखरा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *