स्वच्छ झरी झर्छ जब आकाशबाट
स्पर्श गर्छ संसारको मैलालाई
धोइदिन्छ आफू जस्तै बनाउछ
यस्तै झरी बनी झर्न देऊ
नदिको पानी झै बग्न देऊ
बग्न देऊ बग्न देऊ ।
कोरस – नरोक मलाई नछेक मलाई
नरोक मलाई नछेक मलाई
बग्न देऊ बग्न देऊ मलाई, येशुको मायामा
बग्न देऊ बग्न देऊ मलाई, आत्माको झरीमा
बग्न देऊ बग्न देऊ मलाई
अन्धकार छ जहाँ ज्योति बनी
ज्योति बनी आउछन् उनी
हटाउछन् अन्धकारलाई
ल्याउछन् नयाँ बिहानी
यस्तै सूर्य बनी उदाउनदेऊ
नदिको पानी झै बग्न देऊ
बग्न देऊ बग्न देऊ ।।
कोरस – नरोक मलाई नछेक मलाई
नरोक मलाई नछेक मलाई
बग्न देऊ बग्न देऊ मलाई, येशुको मायामा
बग्न देऊ बग्न देऊ मलाई, आत्माको झरीमा
बग्न देऊ बग्न देऊ मलाई
