Skip to content

देश चल्दैन यसरि ( कटाक्ष – 1)

देश चल्न त इमान्दारिताको
बत्ति बालेर खोज्नु पर्छ
स्वभिमानका दरिला छातीहरु
देश अब चल्दै चल्दैन
हे जनता ! तिमि मुक दर्शक भएर !

तपस्याले देश चल्दैन
देश चल्न त लेख्नु पर्छ
ढलेको सुकेको रुखले देश चल्दैन यसरि
देश अब चल्दै चल्दैन !

फेरी ,
भोलिको उज्यालो खोज्न
अब अर्कै सुर्य चाहिन्छ
ओझेल सुर्यास्तले अब
देश चल्दै चल्दैन !

अस्ति ,
बाघ पस्यो गर्जन लिएर सहर
बाँकी बचेन हुङ्कार त्यसको
छाला ओढेर पसेको रहेछ श्याल त्यो
श्यालले देश चल्दै चल्दैन

ओढारबाट निस्कदै छ अजिङ्गर
बेला बेला फुत्त फुत्त …..
बेर्ना मरेको त्यो ब्याडले
अब देश चल्दैन

हुट्टीट्यांउले उत्तानु सुतेर आकाश थेग्नु
तेस्ले पनि देश चल्दै चल्दैन

देश चल्न त इमान्दारिताको
बत्ति बालेर
खोज्नु पर्छ स्वभिमानका
दरिला छातीहरु

हे जनता !
अब तिमि मुक दर्शक भएर
देश चल्दै चल्दैन यसरि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *