हेर मेरी सानी गुडिया
सुत्न लागि त्यारी छे,
मेरी सानी गुडिया मलाई
सबैभन्दा प्यारी छे !
विशाल आकाश मुनि
मेरो सानु-सुन्दर घर छ,
हेर त्यहाँ मेरी चुलबुल
प्यारी सानी नानी छे !!
सुरुरुरु हावा चल्छ
सुनसान यो रातमा,
मेरी सानी गुडिया सधै
हुन्छिन् मेरो साथमा !!!
सुत मेरी सानी गुडिया
भोलि फेरि उठ्नु छ,
मायासित राक्छु तिमीलाई
एक दिन हामी छुट्नु छ !!!!
चन्दा मामा यहाँ आई
चुम मेरी सानीलाई,
निन्दरी रानी यहाँ आई
लैजाऊ मेरी नानीलाई !!!!!
हेर मेरी सानी गुडिया
सुत्न लागि त्यारी छे,
मेरी सानी गुडिया मलाई
सबैभन्दा प्यारी छे !!!!!!
हेर मेरी सानी गुडिया
सुत्न लागि त्यारी छे !!!!!!!
