आँखाको निद खोसी लाने
हृदयको तंरग छेडी जाने
तिमीलाई के सजाय दिऊँ
कि सधैलाई बाँधी दिऊँ
बहकिदै थिएँ मद्होस् भएर
थामिएछु तिम्रो आभास पाएर
मोहनी मन त तिम्रै नाम भनी लेखिदिऊँ
निरस निरस थिए यी मेरा आँखाहरू
रसिएछन् तिम्रो मुस्कान पाएर
भन्छौ नै भने परेलीभित्र लुकाइदिऊँ
स्वर – अरूण थापा
