वैंशालु त्यो शुन–शान रात थियो
एकान्तको खूब मिठो वात थियो
मुस्कुराई हेर्थ्यो जुन टहटह
उहीँ साथ दिने नारी जात थियो
उर्लिदै गो मन भित्र तरंग त्यो
शायद् प्रेमको पहिलो घात थियो
शनै शनै बढी गयो सुस्केरा पो
वैंशले सुम्पिएको क्या मात थियो
अन्धकारमा खोजी सल्वलाउने
मायालुको औधी नर म हात थियो
त्यस पछि के के भयो थाहै छैन
व्युझिंदा दुवै शरीर खात थियो
वैंशालु त्यो शुन–शान रात थियो
एकान्तको खूब मिठो वात थियो
चूडा निर्भिक
