Skip to content

दुई मुक्तक (उ माथि त्यो जून)


१)
उ माथि त्यो जून आफ्नै आकाशमा छ
उज्यालो चाहिन्न आफ्नै प्रकाशमा छ
पुग्नेहरू त माथि कहाँ–कहाँ पुगिसके
तर हेर ‘अतित’ बर्खाकै वर्षातमा छ ।

२)
प्रेमसुत्र तिमी थियौ या कस्ने म रैछु
नाई अहँ ! भन्दै थियौ दिल डस्ने म रैछु
छोडी मलाई टाढा पुग्यौ, माथि स्वर्गमा
तर मात्र धर्तीमा एक्लै बस्ने म रैछु ।

ध्रुब बिष्ट ‘अतित’
पा.न.पा ११ बैतडी
हाल: रेडियो अमरगढी डडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *