Skip to content

कोही भए भोगी


कोही भए भोगी कोही भए योगी प्रेममा,
सबै लुटाएर कोही भए जोगी प्रेममा

गुमेको प्रेम पीडा सहनै नसकेर यहाँ,
यादमा छट्पटिदै कोही भए रोगी प्रेममा

प्रेम पाउनेले ठाने पुरै संसार जितेझै,
हार्नेहरू पागल,कोही भए विभूति प्रेममा

एक्लो हुदाँ बनाएर सहारा कोरा कागजको,
पुगे रवि त्यो छुन,कोही भए कवि प्रेममा

जब हुन्छ मिलन यहाँ दुई आत्माहरूको,
भेटि परमात्मा, कोही भए बोधी प्रेममा

– सर्वाधिकार ©जे. आर. “आभास”

२०७३. ०१. १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *