Skip to content

शहीद पनि चिहानबाट जाग्नेछ


शहीद पनि चिहानबाट जाग्नेछ एकदिन
रगतको एकएक हिसाब माग्नेछ एकदिन

रित्तो कोख लिएर रुँदैछन आमाहरू
ती आँशुको श्राप लाग्नेछ एकदिन

कुर्सीकै निहुँमा एकआपसमा लड्दैछौ
लड्दा–लड्दै अवश्य थाक्नेछौ एकदिन

धेरै भो इन्तजार तिम्रो त्यो म्यादको
धैर्यले नि अब सीमा नाघ्नेछ एकदिन

सोझा जनताहरूलाई झुक्याउँदैछौ होशगर
तिमीहरूलाई नै चिहानमा डाक्नेछ एकदिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *