Skip to content

दाउ भो जिन्दगी


दाउ भो जिन्दगी खालको के कुरा
मर्छ जो प्यारमा गालको के कुरा ।

मर्दछन् लाख मान्छे यहाँ भोकले
भात नै हुन्‍न त्यो दालको के कुरा ।

भ्रष्टका जालमा अल्झियो देश यो
निस्क मैदानमा कालको के कुरा ।

चाहियो शान्तिको कामना चाहियो
व्यर्थ आकाश पातालको के कुरा ।
-पथरीशनिश्‍चरे-१३, कीर्तिपुर, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *